स्वच्छ वातावरण स्वच्छ जिवन

पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था

इमेल

[email protected]

ठेगाना

रत्ननगर नगरपालिका-१५, माधवपुर, चितवन, नेपाल

पिठुवा खानेपानी संस्थाको १६औँ स्थापना दिवस सम्पन्न

पिठुवा खानेपानी संस्थाको १६औँ स्थापना दिवस सम्पन्न

sharethis sharing button

 पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले सामुदायिक विद्यालयलाई सरसफाइका सामग्री प्रदान, मानार्थ सदस्यता प्रदान, कर्मचारी र सहयोगी संस्थालाई सम्मान गरेर १६औँ स्थापना दिवस मनाएको छ ।

संस्थाले सेवा क्षेत्रभित्रका जनजागृति मावि, माधवपुर मावि, द्वारिकादास मावि, आधारभूत विद्यालय रत्ननगर–१५, विन्देश्वरी आधारभूत विद्यालय, भद्रकाली मावि, जनदया माविलाई साबुन, सरफ, फिनेल, हर्पिक, डस्टबिन, कुचो र ब्रस प्रदान गरेको अध्यक्ष हरिकुमार श्रेष्ठले बताए ।

पिठुवा खानेपानीलाई २ लाख ५५ हजारबराबरको सरसफाइका सामग्री युनिलिभर नेपाल नामक संस्थाले सहयोग प्रदान गरेको हो । रत्ननगर वडा नं–१४ का वडाध्यक्ष होमनाथ रानाभाट, संस्थाका अध्यक्ष श्रेष्ठ, युनिलिभर नेपालका प्रतिनिधि योगेश मिश्रले सामग्री हस्तान्तरण गरेका थिए । संस्थाले स्थापना दिवसको अवसर पारेर विद्यालयलाई हस्तान्तरण गरेको हो ।

संस्थालाई पूर्वाधार निर्माणका लागि जग्गा प्रदान गर्ने वडाध्यक्ष हेमराज थापा, सीता नेपाल, नारायणप्रसाद लामिछाने, ठानेश्वर लामिछाने, शेरकुमार थापा, ज्ञाननारायण श्रेष्ठ, गोविन्द गुरूङ, गगन गुरूङ र खनाल प्लटिङ हाउजिङ प्रालिलाई मानार्थ सदस्यता प्रदान गरिएको छ । कार्यक्रममा पिठुवा खानेपानीलाई सहयोग गर्दै आएको युनिलिभर नेपाललाई संस्थागत सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुखअतिथि रत्ननगर वडा नं–१४ का वडाध्यक्ष होमनाथ रानाभाट र संस्थाका अध्यक्ष श्रेष्ठले युनिलिभर नेपालका प्रतिनिधिलाई योगेश मिश्र सम्मानपत्र हस्तान्तरण गरेका थिए । उत्कृष्ट कर्मचारीहरु राजु घलान र उमाकान्त रेग्मीलाई नगदसहित पुरस्कृत तथा सम्मान गरिएको थियो ।

२०६७ सालमा स्थापना भएको संस्थाले ४ हजार ८७० घरधुरीमा दैनिक ३१ लाख २० हजार लिटर पानी वितरण गर्दै आएको छ । संस्थाले ११८ किलोमिटर पाइपलाइन विस्तार गरेको छ । सेवा क्षेत्रभित्रका सबै घरधुरीमा स्वच्छ पानी पु¥याउन सहलगानी आयोजना लागू गरिएको छ ।

सहलगानी आयोजनाअन्र्तगत ४० किलोमिटर पाइपलाइन विस्तार, ४ लाख ५० हजार लिटरको ओभरहेड ट्याङ्की निर्माण, तीनवटा बोरिङ, कम्पाउन्ड वाल, गार्ड तथा पम्प हाउस निर्माण गरिएको संस्थाका सचिव रुपेश तिवारीले जानकारी दिए ।

सहलगानीआयोजनाअन्तर्गत पूर्वाधार निर्माण गरी सातकन्या समायोजन सहित १ हजार ३०० घरधुुरीमा खानेपानी पुरयाइएको छ । बागमती प्रदेश सरकारको ३५ लाखको लगानीमा ६ किलोमिटर पाइपलाइन विस्तारलगायतका कामहरु भइरहेका छन् । रत्ननगर नगरपालिकाबाट प्राप्त १३ लाखमध्ये १० लाखको लगानीमा पाइपलाइन विस्तार र संस्थाको ९५ हजारसहित ३ लाख ९५ हजारमा ढुवानीको साधन खरिद गरिएको छ ।

सामुदायिक विद्यालयलाई महसुलमा ९५ प्रतिशत, सरकारी र सामुदायिक स्वास्थ्य संस्थालाई ४० प्रतिशत, किरियापुत्री भवनलाई ७५ प्रतिशत, भूमिहीन सुकुमबासीलाई धारा जडान शुल्कमा ७५ प्रतिशत, विपन्न तथा अशक्तहरुलाई धारा जडान तथा महसुलमा २५ प्रतिशत र कर्मचारीलाई न्यूनतम महसुल छूट गरिएको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

संस्थाका उपाध्यक्ष तुलबहादुर रायमाझीले स्वागत मन्तव्य राखेको कार्यक्रममा रत्ननगर वडा नं–१५ का वडाध्यक्ष आशिक तामाङ, वडा नं–१६ का वडाध्यक्ष हेमराज थापा, नेपाली कांग्रेसबाट हरिशचन्द्र अधिकारी, एमालेबाट कृष्ण पन्त, नेपाली कम्युनिस्ट पार्टीबाट देवीप्रसाद बस्ताकोटीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम सचिव रुपेश तिवारीले सञ्चालन गरेका थिए ।

हाम्रो बारेमा

सम्पर्क

sidebar contact