
परिचय: पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था

धारा दर्ता

शुद्ध खानेपानी सेवामा

उपभोक्ताहरु
पदाधिकारीहरु तथा कार्यसमिति
सूचना तथा समाचार
थप सूचनाहरुउपभोक्ताहरुका लागि जानकारीमुलक सामाग्रीहरु
धारा जडान गर्न आवश्यक कागजातहरुः
१. सम्बन्धित जग्गाधनिको नागरिकताको प्रतिलिपी – १ थान
२. जग्गाधनी प्रमाण पुर्जाको फोटोकपी – १ थान
३. सम्पत्तिकर तिरेको रसिदको फोटोकपी – १ थान
४. नगरपालिका वडा कार्यालयको सिफारिस – १ थान
५. पासपोर्ट साइजको फोटो – १ थान
६. खानेपानी वडा संयोजकको सिफारिस – १ थान
७. नक्सा पासको प्रतिलिपी – १ थान
८. भुमिहिनको हकमा खानेपानी वडा संयोजक र नगरपालिका वडा कार्यालयबाट
तिन पुस्ता खुल्नेगरी भुमिहिन भएको प्रमाण सिफारिस ।उपभोक्ताहरुलाई जानकारी
उपभोक्तालाई जानकारी पानी लिकेज भई बारम्बार कर्मचारीले जानकारी गराउँदा पनि लिकेज मर्मत नगराएमा कर्मचारीद्वारा प्लग गरिनेछ र सो प्लग खोल्न रू. ५०० कार्यालयमा बुझाउन पर्नेछ । मिटर खोली चोरेमा प्रथम पटकको लागि रू. ३०००, दोस्रो पटकको लागि रू. ५०००/- तेस्रो पटकको लागि रू. ७०००/- सो भन्दा माथि रू. १०,०००/- लाग्नेछ र रिकनेक्सन चार्ज रू. १,०००/- प्राविधिक लगाई ब्रासलक गर्नुपर्ने भएमा थप रू. १,०००/- लाग्नेछ । मिटर अगाडी T बनाई पानी दुरूपयोग गरेमा प्रथम पटकको लागि रू. ५०००/- दोस्रो पटकको लागि रू. ७०००/- तेस्रो पटकको लागि रू. १०,०००/- तथा पानी दुरूपयोग गरेको आधारमा थप पानी महशुल लागाई रिकनेक्सन रू. १,०००/- लाग्ने छ । मिटर उल्टो बनाई वा कुनै किसिमको मिटर नचल्ने बनाएमा प्रथम पटक ३,०००/- दोस्रो पटक ६,०००।- तेस्रो पटक ९,०००। जरिवाना लगाई पानी दुरूपयोग बापतको थप रकम असुल गरी रिकनेक्सन चार्ज रू. १,०००/- लाग्नेछ । माथि उल्लेखित पानी दुरूपयोग सम्बन्धी दण्ड र जरिवाना गर्दा निजको घरमा प्रयोग गर्ने परिवार, पशुपालन, उद्योग व्यवसाय, फलफुल तथा तरकारी वाली आदिमा प्रयोग गरेको आधारमा गरिनेछ । निजि धारा जडान गर्न ईच्छुक उपभोक्ताले यस संस्थाले तोके बमोजिमको शुल्क तिरी धारा जडान गर्न सक्दछ । संस्थाद्वारा धारा जडान गर्नको लागि पानी मिटर १ थान उपलब्ध गराईनेछ । माथि उल्लेखित समान बाहेक धारा जडानको लागि प्रयोग हुने सामानहरूको सामान्य गुणस्तर निम्न अनुसार हुनु जरूरी छ । क) सेहल : आफूले जडान गर्ने पाईपको साईजसँग मिल्ने वासर सहितको पि.भि.सि. वा फलामे पाताको सेडल अनिवार्य रूपले लगाउनुपर्नेछ । ख) Gate Valve को साईज १/२को हुनु पर्नेछ र नेपालको NS वा ISI अनुरूप हुनु जरूरी छ । ग) अन्य आवश्यक सामानहरूको हकमा पनि NS वा ISI अनुरूप हुनु जरूरी छ । मिटर जडान गरिसकेपछिको हकमा जानीजानी वा नजानी आकस्मिक घटना जे सुकैले मिटर बिग्रेमा त्यसको जिम्मेवारी स्वमं उपभोक्ता हुनेछ । मिटर बिगार्ने सफल वा असफल प्रयास गरिएको प्रमाण संस्थाले फेला पारेमा संस्थाले तुरून्त धारा काट्ने छ र संस्थाको नियम बमोजिम लाग्ने दस्तुर उपभोक्ताबाट असुल उपर गरिनेछ । धारा जडान भईसके पश्चात पाईप तथा फिटिङ्गमा कुनै हानी नोक्सानी वा टुटफुट भएको देखिएमा सो को जिम्मेवारी स्वमं उपभोक्ता हुनेछ । धारा जडान गरिएको जग्गाको स्वामित्व परिवर्तन भए सो को सुचना उपभोक्ता स्वमंले तुरून्त संस्थामा जानकारी दिनु पर्नेछ । मिटरको सुरक्षाको लागि उपभोक्ताले अनिवार्य रूपमा चेम्बर बनाउनु पर्नेछ । र उक्त चेम्बर ढक्कन बनाई छोप्नुपर्नेछ । धारा जडान गर्दा आयोजनाको विवरण पाईप लाईनदेखि धारा राख्ने ठाउँसम्मको जि.आई. पाइप खरिद आवश्यक गुणस्तरको सामान खरिद तथा माटो खन्ने पुर्ने सम्पूर्ण कार्य उपभोक्ता स्यमंले गर्नु पर्नेछ । धारा जडान गर्ने क्रममा पिच खन्नु परेमा ईट्टा वा ढुङ्गा बिछ्याएको बाटो खन्नु परेमा लाग्ने सम्पूर्ण खर्च डिपोजिट खन्ने खर्च तथा बनाईदिने खर्च सबै उपभोक्ता स्यमंले नै ब्यहोर्न पर्नेछ । धारा जडान गर्न लाग्ने प्लम्बिङ्गचार्ज बापत आयोजनाको वितरण पाईप देखि पानी मिटर राख्ने स्थान सम्म संस्थाले ब्यहोर्नेछ । पानी मिटर जडान गर्ने हकमा मिटर रिडरले कुनै पनि समयमा सजिलै हेर्न सकिने स्थानमा राख्नु पर्नेछ । होल परिवर्तन गर्न पाईने छैन । मिटर ठाउँसारी गर्दा कार्यालयमा नियमानुसार रकम बुझाउनु पर्नेछ ।















