पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, रत्ननगर–१५, चितवनको नवौँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष श्री हरिकुमार श्रेष्ठज्यूको अध्यक्षतामा तथा रत्ननगर नगरपालिकाका नगर प्रमुख श्री प्रह्लाद सापकोटाज्यूको प्रमुख आतिथ्यतामा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा विशिष्ट अतिथिहरू खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका कार्यालय प्रमुख श्री शेखरचन्द्र केसीज्यू र खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका अध्यक्ष श्री राजेन्द्र अर्यालज्यू, जनप्रतिनिधि ज्युहरू, विभिन्न संघसंस्था, राजनीतिक दल, संस्थाका पूर्व तथा वर्तमान सिमति,लेखा, सल्लाहकार एवं परिसद् सदस्य ज्युहरूकाे गरिमामय उपस्थिति रहेको थियो।
सभालाई सफल बनाउन उपस्थित भई साथ, सहयोग र सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण आमन्त्रित व्यक्तित्वहरूप्रति हार्दिक धन्यवाद एवं कृतज्ञता व्यक्त गर्दछौँ। 
मिति : २०८३ साल असाेज २४ गते
स्थान : पिठुवा खानेपानी संस्था- रत्ननगर , खैरेटि टंकि परिसर, रनपा १६





